काठमाडौं– संविधान दिवसको अवसरमा नेकपा (एमाले)ले च्यासलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेको छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत सहभागी कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिन् ।
अध्यक्ष केपी शर्मा ओली सार्वजनिक हुने अपेक्षा गरिएको भए पनि उपस्थित भएनन् ।
उनी सहभागी हुने भनिएकाले कार्यालय वरपर सुरक्षा कडा गरिएको थियो ।
भदौ २४ को प्रदर्शनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सेनाको ब्यारेकमा बसेका थिए ।
त्यसपछि ११ दिनमा उनी भक्तपुरको गुण्डुस्थित घरमा डेरा सरेका छन्, बालकोटस्थित निवासमा तोडफोड र आगजनी भएपछि ।
संविधान दिवसकै सन्दर्भमा एमालेको भातृ संगठन युवा संघले शुक्रबार राजधानीमा ठूलो जुलुस निकाल्ने तयारी गरेको छ ।
पोलिटव्युरो सदस्य महेश बस्नेतले दुई दिनअघि नै करिब १० हजारको सहभागितासहितको जुलुस घोषणा गरेका थिए ।























