images
images
  • संसद् भंग गर्न प्रम कार्की, सेनापति र आन्दोनकारीले दबाब दिएपछि राष्ट्रपतिले भने– सहिद हुन तयार छु

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि संविधानको रक्षा गर्न आफू सहिद बन्न तयार रहेको बताएका छन् ।

    बिहीबार शीतलनिवास पुगेका १४ नागरिक समाजका प्रतिनिधिसँग उनले संविधानलाई ट्र्याकबाहिर जान नदिने अडान लिएका हुन् ।

    जेनजीको दुई दिने आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरेर मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने दबाब प्रधानसेनापति अशोकराज सिग्देल, कार्की स्वयं र आन्दोलनकारीहरूले दिएका थिए ।

    तर, पौडेलले संविधानको संरक्षण आफ्नो दायित्व भएको भन्दै सहिद बन्न तयार रहेको बताएका छन् ।

    प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउन दबाब भए पनि उनले संविधानसम्मत रूपमा अघि बढ्ने अडान लिएका थिए ।

    बाध्यात्मक परिस्थितिमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि उनले २१ फागुनमा नयाँ चुनावको मिति घोषणा गरे ।

    नागरिक समाजका अगुवाले संविधानको केही धारामा अस्थायी रोकथाम भए पनि निर्वाचन सफल गराउन ध्यानाकर्षण गराएका छन् ।

    उनीहरूले निर्वाचनमा दलहरूको विश्वास सुनिश्चित गर्नुपर्ने र संवैधानिक संरचना कमजोर पार्ने गतिविधि नगर्न सुझाव दिएका छन् ।

    ज्ञापनपत्र बुझाउनेमा महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, विन्दु शर्मा, शरद वन्त र सुशील प्याकुरेल रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images