images
images
  • प्रधानमन्त्री कार्कीले चुच्चे नक्सा हटाएकी हुन् ?

    काठमाडौं– सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको अद्यावधिक नक्सा हटाइएको भन्दै पोस्टहरू भाइरल भइरहेका छन् ।

    नेकपा (एमाले)की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले पनि प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै कार्यकक्षमा नक्सा नराखिएको विषयमा प्रश्न उठाएकी छन् ।

    उनले संविधानको अनुसूचीमा अंकित नक्सा राष्ट्रिय सहमतिमा पास भएको दस्तावेज भएको बताउँदै यो त नेपालको सार्वभौमिकता र पहिचान हो, तर प्रधानमन्त्रीज्यू, तपाईंको कार्यकक्षमा नक्सा हटाइयो भन्ने सुन्दा अचम्म लाग्यो भनेर लेखेकी छन् ।

    तर, प्रधानमन्त्री कार्यालयले भने नक्सा हटाइएको नभई राख्न नभ्याइएको स्पष्ट पारेको छ ।

    शासकीय मामिला सचिव गोविन्द कार्कीका अनुसार नयाँ भवनमा सरेपछि आवश्यक सामग्री व्यवस्थापन भइरहेका कारण कार्यकक्षमा अहिलेसम्म नक्सा राख्न नपाएको हो ।

    भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा सिंहदरबारस्थित पुरानो कार्यालय जलेपछि, कार्कीले भदौ २९ गते सिंहदरबारमै नयाँ भवनबाट पदभार ग्रहण गरेकी थिइन् ।

    पुराना सामग्री नष्ट भएकाले नयाँ व्यवस्था मिलाउन समय लागेको र चाँडै नक्सा राखिने सचिव कार्कीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images