images
images
  • विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न अध्यादेश ल्याउने तयारीमा कार्की सरकार

    काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नागरिकलाई पनि मतदानको अधिकार दिलाउन सरकारले पहल थालेको छ ।

    यसै सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरेका छन् ।

    मन्त्री अर्यालले पनि कम्तीमा समानुपातिकतर्फ भए पनि विदेशस्थित नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

    उनका अनुसार, सम्बन्धित देशस्थित नेपाली राजदूतावासमार्फत मतदानको व्यवस्था मिलाइनेछ ।

    भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो ।

    यस अन्तरिम सरकारलाई फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

    प्रतिनिधिसभा विघटन भइसकेकाले अत्यावश्यक कानुन अध्यादेशमार्फत ल्याइने सरकारी तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्

    images