images
images
  • २२ वर्षअघि माओवादी आक्रमणबाट बचेका देउवा जेन्जीबाट कुटिए

    काठमाडौं– सामाजिक सञ्जाल बन्दको विरोधमा उठेको जेन्जी आन्दोलन मंगलबार (भदौ २४) उपत्यकामा हिंसात्मक बन्यो ।

    सोमबारै प्रहरीको गोलीमा १९ युवा मारिएपछि आक्रोशित प्रदर्शनकारीले मंगलबार सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालतसहितका सरकारी कार्यालय जलाए ।

    प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मका घर आक्रमणमा परे ।

    लुटपाटसमेत भयो ।

    सरकारी तथ्यांकअनुसार दुई दिनमै ७२ जनाको ज्यान गइसकेको छ ।

    यसै घटनाक्रमले केपी शर्मा ओलीको सरकार ढल्यो ।

    शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै संसद् विघटन र फागुन २१ मा चुनावको मिति तोके ।

    प्रदर्शन रोक्न सेनाले सुरक्षाको जिम्मा लिए पनि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत शीर्ष नेताका घर जले ।

    प्रचण्डलाई सेनाले ब्यारेक पु¥यायो भने खनालकी श्रीमती आगजनीमा घाइते भइ कीर्तिपुर बर्न अस्पतालमा भर्ना छिन् ।

    शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरमा भने प्रदर्शनकारीले प्रत्यक्ष आक्रमण गरे ।

    देउवा–आरजु दम्पतीलाई कुटपिट, लछारपछार गर्दै घरबाट निकालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

    उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरी उपचारमा राखेको छ ।

    यस्तो पहिलोपटक भए पनि देउवा विगतमा पनि प्राणघातक आक्रमणबाट जोगिएका थिए ।

    २०६० भदौ ८ गते धनगढी नजिक आमखैया जंगलमा तत्कालीन माओवादी लडाकुले उनीमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

    गाडीमा तीन गोली लागे पनि अंगरक्षक प्रहरीले जवाफी कारबाही गर्दै देउवालाई जोगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images