काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले)मा नेतृत्व परिवर्तनको दबाब बढिरहेका बेला माओवादी केन्द्र भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सेफजोन’मा राख्दै अगाडि बढेको छ ।
पार्टीभित्र असन्तुष्टि देखिए पनि धेरै नेताले प्रचण्डबिनाको माओवादी सम्भव नभएको बताएका छन् ।
नेता अमनलाल मोदीले प्रचण्डलाई व्यवस्था परिवर्तनका संवाहक भन्दै अझै उनको नेतृत्व आवश्यक रहेको बताए ।
केन्द्रीय सदस्य रामकुमार कार्कीले पनि नेतृत्वको कार्यशैलीमाथि प्रश्न भए पनि प्रचण्डलाई चुनौती दिने नेता नउठेको टिप्पणी गरे ।
तर, उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले नेतृत्व परिवर्तनको माग राख्दै आएका छन् ।
शर्माले त जेनजी आन्दोलनबारे संश्लेषण गर्दै प्रचण्डको राजीनामासमेत माग गरेका छन् ।
यसैबीच केही नेताले व्यक्ति फेर्ने भन्दा नेतृत्व शैली र प्रवृत्तिमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले भने व्यक्तिगत विचार सामाजिक सञ्जालमार्फत आउन सक्ने तर निर्णय पार्टी बैठकबाट मात्र हुने बताएका छन् ।
माओवादीले संविधान दिवसको तयारी गरिरहेको र सो अवसरमा अध्यक्ष प्रचण्ड सार्वजनिक उपस्थित हुने सम्भावना रहेको छ ।























