images
images
  • यी नेताहरू अहिलेसम्म भएनन् सार्वजनिक

    काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मुलुकको राजनीति नयाँ मोडमा पुगेको छ ।

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय भइसकेको छ ।

    दमनका क्रममा ७३ जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उपत्यकालाई आतंकित तुल्याए पनि अहिले बिस्तारै सामान्य अवस्थामा फर्किँदै छ ।

    आन्दोलनका क्रममा सरकारी–निजी सम्पत्ति क्षति हुनुका साथै दलका शीर्ष नेताहरू सेनाको सुरक्षामा राखिनुपरेको थियो ।

    कांग्रेस, एमाले र माओवादीका केही नेताहरू फेरि सार्वजनिक देखिएका छन् ।

    निवर्तमान प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य केही नेताहरू ईश्वर पोखरेल, रमेश लेखक, विष्णु पौडेल अझै सेनाको सुरक्षा घेराभित्रै छन् ।

    देउवा दम्पती निजी निवासमा भएको आक्रमणपछि उपचारमा रहेका छन् ।

    आन्दोलनले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकासहितका भवनहरूमा ठूलो क्षति पु¥याएको थियो ।

    संविधान दिवस (असोज ३) मा पनि ओली र देउवा सहभागी नहुने भएकाले अन्य नेताहरूले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images