काठमाडौं– जेन्जी आन्दोलनको क्रममा सिंहदरबारमा आगो लाग्दा काठमाडौं महानगरपालिकाले दमकल नपठाएको भन्ने रिपोर्ट गलत भएको काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्ट पारेका छन् ।
बिहीबार पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो । तर, आगो लाग्ने बित्तिकै दमकल तुरुन्त पठाउने अवस्था थिएन ।’
उनले आगो निभाउन पाँच दमकल परिचालन गरिएको, प्राथमिकतामा सिंहदरबार, अदालत र साझा सम्पत्ति राखिएको र भदौ २४ गते बिहान सवा ८ बजेदेखि २६ गते बिहानसम्म खटिएको जानकारी दिए ।
पाण्डेले दमकलमा पानी सकिएपछि बालाजु र स्वयम्भूबाट पानी ट्यांकर ल्याएर आपूर्ति गरेको र विभिन्न अस्पतालमा रगत अभाव हुँदा प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्























