काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ ।
प्रधानमन्त्री कार्यालयका स्रोतअनुसार, वार्ता आज बिहान साढे ११ बजे हुने व्यवस्था गरिएको छ ।
मंगलबार वार्ता गर्ने तयारी भए तापनि अन्तिम समयमा यो स्थगित भएको थियो ।
गत भदौ २३–२४ गते जेन–जी युवाहरूको प्रदर्शनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।
त्यसपछि सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
कार्की नेतृत्वको सरकार बनेसँगै मोदीले सामाजिक सञ्जालमार्फत बधाइ पनि दिएका थिए ।
गत शनिबार मणिपुरमा आयोजित कार्यक्रममा मोदीले नेपालमा कार्की नेतृत्वको सरकार बन्नु महिला सशक्तिकरणको उदाहरण भएको उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्























