images
images
  • जेन्जी आन्दोलनमा १९ जनाले ज्यान गुमाउँदा पनि ओली भन्थे– राजीनामा दिन्नँ

    काठमाडौं– सिंहदरबारमा बसेका सुरक्षा प्रमुखहरू प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै बालुवाटार पुगे ।

    तर, ओली अडानमा रहे, ‘सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, राजनीतिक निकास दिने कुरा होइन,’ भन्दै कड्किए ।

    त्यसपछि प्रधानमन्त्री र प्रधानसेनापतिबीचको संवाद असहज बन्यो ।

    २३ भदौमा बानेश्वरमा गोली चलेदेखि २४ भदौमा सेनाले सुरक्षा जिम्मा लिनेबेलासम्म ३६ घण्टामा ठूलो जनधनको क्षति भयो ।

    सुरुमा सरकारले आन्दोलनलाई सामान्य ठाने पनि सुरक्षा कमजोरीले स्थिति बिग्रियो ।

    पहिलो दिनमै १९ जनाको ज्यान गयो, अस्पतालहरू घाइतेले भरिए ।

    त्यसपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिए, तर प्रधानमन्त्री ओली सामाजिक सञ्जाल बन्द गर्ने अडानमा उभिए ।

    सुरक्षा प्रमुखहरूले बारम्बार ‘राजनीतिक निकास आवश्यक’ भने पनि ओली हठमै रहे ।

    तर राजधानीभर तोडफोड, आगजनी र लुटपाट चर्किएपछि अन्ततः ओलीले दबाबमा दिउँसो २ बजेतिर राजीनामा गरे, जसलाई राष्ट्रपतिले तुरुन्तै स्वीकृत गरे ।

    राजीनामा स्वीकृत भएपछि मन्त्रीहरू र उच्च पदस्थ अधिकारीलाई सेनाले हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारियो ।

    तर सडकमा हिंसा रोकिएन ।

    साँझ सेनाले वक्तव्य जारी गर्दै देशभर सुरक्षाको नेतृत्व लिन घोषणा ग¥यो र राति १० बजेदेखि सेना सहितका निकाय कफ्र्यु लागू गर्दै तैनाथ भए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images