images
images
  • कार्की नेतृत्वको सरकारविरुद्ध खबरदारी गर्ने तयारीमा कांग्रेस, एमाले र माओवादी

    काठमाडौं– नयाँ सरकार गठनसँगै राष्ट्रपति चुनावी तयारीमा जुट्न आह्वान गरिरहेका छन् तर दलहरू अझै सशंकित छन् ।

    संसद् विघटनको विरोध गर्ने कांग्रेस, एमाले र माओवादीले भने संविधान दिवसलाई खबरदारी र सचेतना कार्यक्रमका रूपमा मनाउने तयारी गरेका छन् ।

    कांग्रेसले ७७ जिल्लामा भ्रातृ संस्थामार्फत संयुक्त रूपमा शान्तिपूर्ण कार्यक्रम गर्ने घोषणा गरेको छ ।

    प्रचार विभागले प्लेकार्डसहितको प्रदर्शन, गोष्ठी र छलफल गर्ने निर्देशन दिएको छ ।

    एमालेले पनि संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धतासहित च्यासल केन्द्रीय कार्यालयमा विशेष सभा र देशभर कार्यक्रम गर्ने तयारी गरेको छ ।

    माओवादी केन्द्रले सहिदलाई श्रद्धाञ्जली र संविधानमाथि भइरहेको हस्तक्षेपविरुद्ध सचेतना कार्यक्रम गर्ने जनाएको छ ।

    अन्तरिम सरकारले भने परिस्थितिअनुसार टुँडिखेलमा सामान्य औपचारिक कार्यक्रममार्फत संविधान दिवस मनाउने निर्णय गरेको छ ।

    अघिल्लो सरकारले झाँकी, कन्सर्टसहित तामझाम गर्ने योजना बनाएको भए पनि यसपटक शान्त र सीमित स्वरूपमा कार्यक्रम हुने गृह मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images