images
images
  • सीके राउतलाई २४ घण्टाभित्रै राजीनामा दिन अल्टिमेटम

    काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहित ६ जना नेताले अध्यक्ष डा. सीके राउतको राजीनामा माग गरेका छन् ।

    अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा उनीहरूले पार्टीको हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन आग्रह गरेका छन् ।

    पत्रमा हालै जेन–जी आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ऐतिहासिक मोड ल्याएको उल्लेख गर्दै, शीर्ष नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिका कारण पार्टी आफ्नै उद्देश्यअनुसार अघि बढ्न नसकेको आरोप लगाइएको छ ।

    यसमा वरिष्ठ उपाध्यक्ष खान, प्रवक्ता यादव, युवा संघ संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी संघ संयोजक सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बलको हस्ताक्षर छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images