images
images
  • ओलीको पिछाले देउवा दम्पतीले निवासमै खाए कुटाइ

    काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले २३ भदौको राति सार्वजनिक रूपमा सरकारबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

    दिउँसो संसद् भवन कब्जा गर्न पुगेका जेन–जी आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा १७ युवाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि उनले गृहमन्त्री रमेश लेखकको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने कुरा उठाए ।

    उनलाई महामन्त्री विश्वप्रकाश शर्मा, डा. गोविन्दराज पोखरेल, नैनसिंह महर, शेखर कोइराला र सांसद राजेन्द्र बजगाईंले पनि साथ दिए ।

    बैठकमा सभापति शेरबहादुर देउवा भने मौन बसे ।

    तर, प्रधानमन्त्रीलाई सामाजिक सञ्जाल खोल्न आग्रह मात्र गरे ।

    यसबीच कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीका भूमि, निजामती र संवैधानिक परिषद् विधेयकमाथि पहिलेदेखि नै असहमति जनाउँदै आएका थिए ।

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि असन्तुष्टि झन् चुलिएको थियो ।

    कांग्रेसभित्र ओलीसँगको सहकार्य मात्र होइन, सभापति देउवाको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको थियो ।

    कतिपय नेताहरूले कांग्रेस एमालेको ‘भातृ संगठन’ जस्तो देखिन थालेकाले अब सहकार्य तोड्नुपर्ने आवाज बलियो हुँदै गएको थियो ।

    तर, देउवा सुन्नै चहादैन्थे ।

    किनकि ओली पछि आफू नै प्रधानमन्त्री बन्नेमा उनी ढुक्क थिए ।

    परिस्थिति एकाएक उल्टिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अपदस्त हुनुपर्यो भने निवासमै देउवा दम्पतीले कुटाइ खाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images