काठमाडौं– जेन–जी विद्रोहपछि पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पद नछोडेपछि उनको विकल्पबारे पार्टीभित्र छलफल तीव्र भएको छ ।
विधानअनुसार देउवा दुई तरिकाले हट्न सक्छन्, (१) राजीनामा दिएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने, वा (२) ४० प्रतिशत केन्द्रीय
सदस्यको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्ने ।
तर, बहुमत सदस्य देउवानिकट भएकाले दोस्रो विकल्प कठिन देखिएको छ ।
यस कारण परिवर्तनका पक्षधरहरूले अन्य रणनीति विचार गरिरहेका छन् ।
देउवालाई कार्यवाहक नदिएसम्म कुनै बैठक सञ्चालन गर्न नदिने, देउवाले बोलाएको बैठक बहिष्कार गर्ने, वा सबै पदाधिकारी र सदस्यले सामूहिक राजीनामा दिएर उनलाई पद त्याग्न बाध्य बनाउने ।
सहमहामन्त्री जीवन परियारले भने विधानअनुसार विशेष महाधिवेशनमार्फत नेतृत्व फेरबदल गर्न सुझाव दिएका छन् ।























