images
images
  • हितेन्द्रलाई हटाउने तयारीमा उर्जामन्त्री कुलमान

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नवनियुक्त मन्त्री कुलमान घिसिङलाई हटाउने तयारी गरेका छन् ।

    निर्देशक शाक्यलाई आन्दोलन र जेन्जीको मागलाई ध्यान राखेर तुरुन्त मार्ग प्रशस्त गर्न उर्जामन्त्री कुलमानले सन्देश पठाएका छन् ।

    गत वर्षको साउनमा कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो ।

    उनको बर्खास्तीलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेका थिए ।

    त्यसको वर्ष दिनपछि कुलमान उर्जामन्त्री बनेका छन् ।

    उनी मन्त्री बनेको हप्तादिन नपुग्दै हितेन्द्रलाई मार्ग प्रशस्त गर्न उनले सन्देश पठाएका छन् ।

    हिजोमात्रै उनले मन्त्री कुलमानलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

    कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा निकै उत्कृष्ट कार्यसम्पादन गरेका थिए ।

    उनी पछिल्लो समय निकै लोकप्रिय छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images