काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि पहल सुरु गरेकी छन् ।
उनले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने घोषणा गरेकी छन् र हाल ३ मन्त्री र मुख्यसचिवसँग बालुवाटारमा छलफल गरिरहेकी छिन् ।
स्रोतले भन्यो, ‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ । मन्त्रीका लागि विभिन्न नाममा विचार भइरहेको छ । आज नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ ।’
छलफलमा प्रधानमन्त्री कार्कीसँग अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्























