images
images
  • संसद् भवनस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ३८ करोड लुटपाट, १८ किलो सुन चोरी

    काठमाडौं– भदौ २३–२४ गतेको जेन–जी प्रदर्शनका क्रममा संसद् भवनस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको छ ।

    राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरी भएको हो ।

    अनुसन्धान अनुसार अन्य बैंक शाखा र एटीएममा पनि क्षति पुगेको देखिएको छ ।

    तर, संसद् भवनको शाखाबाहेक कुनै लुटपाट सफल भएको छैन ।

    प्रदर्शनकारीले मुख्य रूपमा संसद् र भाटभटेनी क्षेत्रमा आक्रमण गरेका थिए ।

    जसमा केही एटीएम र शाखामा क्षति भए पनि रकम निकाल्न सकेनन् ।

    गभर्नर पौडेलले बैंकिङ प्रणाली सुरक्षित रहेको बताए र डिजिटल पेमेन्ट तथा बैंकिङ सेवामा रोकावट नआएको पनि स्पष्ट पारे ।

    उनले बैंक कर्मचारीको जिम्मेवारीपरायणता र वित्तीय प्रणालीलाई सुरक्षित राख्न सफल भएको प्रशंसा गरे ।

    भाटभटेनी सुपरस्टोर, हिल्टन र अन्य सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको देखिएको छ ।

    पौडेलले प्रभावित व्यवसायीलाई वित्त नीतिमार्फत सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images