images
images
  • १९ जनाको मृत्यु पश्चात् देउवाले हकारेपछि ओलीले दिएका थिए प्रम पदबाट राजीनामा

    काठमाडौं– जेन–जी आन्दोलनको पहिलो दिन (२३ भदौ)मा १९ जना निहत्था युवाको मृत्यु भयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको हठी अडानका कारण ठूलो जनधन क्षति भएको कुरा सरकारकै केही मन्त्रीहरूले स्वीकार गरेका छन् ।

    साँझ बसेको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीहरूले मृतक परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न, सामाजिक सञ्जाल तुरुन्तै खोल्न र सरकारले माफी माग्नुपर्ने प्रस्ताव राखे पनि ओलीले ठाडै अस्वीकार गरेका थिए ।

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारको लापरबाही र आन्दोलनमा भएको गोली प्रहारबारे प्रश्न उठाउँदा प्रधानमन्त्रीले उल्टै सिनामंगलबाट आएका प्रदर्शनकारीसँग समेत बन्दुक भएको दावी गरेका थिए ।

    मन्त्रालयको ब्रिफिङ अनुसार केही प्रदर्शनकारीले एम्बुलेन्सभित्रबाट समेत गोली प्रहार गरेको बताइएको थियो ।

    पौडेलले बारम्बार सामाजिक सञ्जाल बन्द गरेर आन्दोलन रोकिँदैन, युवाहरू सक्रिय छन् ।

    त्यसैले आजै खोल्नुपर्छ भने पनि प्रधानमन्त्री अडिग रहे ।

    यसबीच गृहमन्त्री रमेश लेखकले अकल्पनीय क्षतिपछि राजीनामा दिए ।

    पौडेलले पनि सञ्जाल नखोलिने हो भने आफू पनि पद छोड्ने चेतावनी दिए ।

    अन्ततः शेरबहादुर देउवासँगले फोन गरेर सामाजिक सञ्जाल खोल्न भनेर हकारेपछि खोल्ने निर्णय गरेका थिए ।

    पौडेलको निष्कर्ष अनुसार, सरकारले सुरुवातमै माफी माग्ने, क्षतिपूर्ति दिने, छानबिन समिति बनाउने र युवाहरूको माग सम्बोधन गर्ने संवेदनशीलता देखाएको भए परिस्थिती यति भयावह हुने थिएन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images