images
images
  • जेलब्रेक गर्ने १० कैदी–बन्दीको मृत्यु (नामावलीसहित)

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा जेल तोडेर भाग्ने प्रयासमा सुरक्षाकर्मीको गोली लागी १० कैदीबन्दीको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार बाँकेको नौबस्ता बालसुधार गृह, रामेछाप कारागार र धादिङ कारागारबाट भाग्न खोज्दा उनीहरू मारिएका हुन् ।

    बालसुधार गृह नौबस्तामा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय दिनेश घर्तिमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री मारिएका छन् ।

    रामेछाप कारागारबाट भाग्ने क्रममा मोरङका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र ४० वर्षीय मनोज महतो मारिएका छन् ।

    धादिङ कारागारमा सेनाको गोली लागी बेनिघाटका ६१ वर्षीय जितबहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्रबहादुर डाला मारिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images