images
images
  • सभामुखले दिए पदबाट राजीनामा

    काठटमाडौं– बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    गत २३ भदौमा जेने–जी आन्दोलनमा भएको प्रदर्शनका क्रममा राज्यद्वारा गरिएको दमनमा नागरिकले जीवन गुमाएको घटनापछि पाठकले नैतिक जिम्मेवारी लिँदै पदत्याग गरेको घोषणा गरेका हुन् ।

    उनले २४ भदौमै सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरे पनि संवैधानिक प्रक्रिया पूरा गरी औपचारिक रूपमा ७ असोजमा राजीनामा दिएका हुन् ।
    राजीनामा पत्रमा उनले लेखेका छन्, ‘राष्ट्र र जनताको चाहना तथा युवा पुस्ताको भावना विपरीत पदमा रहिरहनु उचित नहुने ठानेँ । त्यसैले संवैधानिक तथा प्रदेश सभा नियमावलीअनुसार सभामुख पदबाट राजीनामा गरेको छु ।’

    राजीनामापछि अब बागमती प्रदेश सभामा नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images