images
images
  • यूएईमा नेपाली कामदारहरू जान नपाउने

    काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीका लागि भिजिट र कामदार दुवै भिसा रोक लगाएपछि ठूलो संख्यामा नेपाली अन्यौलमा परेका छन् ।

    सोमबारदेखि भिजिट भिसा र मंगलबारदेखि कामदार भिसा बन्द भएपछि विदेश जान तयारी गरेका युवादेखि म्यानपावर व्यवसायीसमेत समस्यामा परेका हुन् ।

    कम्पनीहरूले भिसा प्रक्रियाका लागि आवेदन दिए पनि अस्वीकृत भइरहेको छ ।

    केहीले हालैको जेन–जी आन्दोलनका घटनासँग यो विषय जोडेर व्याख्या गरे पनि आधिकारिक पुष्टि भएको छैन ।

    अबुधाबीस्थित नेपाली दूतावासले समेत औपचारिक जानकारी नपाएको बताएको छ ।

    यसअघि इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा रोक लगाएको यूएईले अब नेपाललाई पनि त्यही सूचीमा समावेश गरेको छ ।

    यस कदमले रोजगारीको तयारी गरेका नेपाली मात्र होइन, सारजाहमा आयोजना हुन लागेको नेपाल–वेस्ट इन्डिज क्रिकेट खेल पनि प्रभावित हुने देखिएको छ ।

    खेलाडीलाई भिसा सहज हुन सक्ने भए पनि स्पोन्सर, व्यवसायी र दर्शकलाई समस्या पर्न सक्ने अनुमान गरिएको छ ।

    हालका लागि यूएईले नेपालीका सबै भिसा आवेदन रोकेको छ ।

    यो निर्णय अस्थायी हो वा स्थायी भन्नेबारे भने अझै स्पष्ट छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images