images
images
  • मन्त्रीहरूलाई ओलीको जवाफ– आन्दोनकारीको साथमा बन्दुक थियो, एम्बुलेन्सभित्र गोली हाने

    काठमाडौं– जेन–जी आन्दोलनको पहिलो दिन (२३ भदौ)मै १९ निहत्था युवाको मृत्यु भए पनि प्रधानमन्त्री केपी ओलीले हठी अडान लिएपछि ठूलो जनधनको क्षति भएको सरकारकै मन्त्रीहरूले स्वीकार गरेका छन् ।

    साँझ बसेको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले माफी माग्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्ने र सामाजिक सञ्जाल तत्काल खोल्नुपर्ने प्रस्ताव गरे पनि ओलीले ठाडै अस्वीकार गरेका थिए ।

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनप्रति सरकारको लापरबाही र गोली प्रहारबारे प्रश्न उठाउँदा पनि प्रधानमन्त्रीले उल्टै सिनामंगलबाट आएका प्रदर्शनकारीसँगै बन्दुक थियो ।

    एम्बुलेन्सभित्र पनि उनीहरूले गोली हाने भन्ने ब्रिफिङ गरेका थिए ।

    पौडेलले बारम्बार सञ्जाल बन्द गरेर आन्दोलन रोकिँदैन, युवाहरू सक्रिय छन्, त्यसैले आजै खोल्नुपर्छ भने पनि ओली अडिग रहे ।

    यसैबीच गृहमन्त्री रमेश लेखकले अकल्पनीय क्षतिपछि राजीनामा दिएका थिए भने पौडेलले पनि सञ्जाल नखोल्ने हो भने आफू छोड्ने चेतावनी दिएका थिए ।

    तर, अन्ततः शेरबहादुर देउवासँगको छलफलपछि मात्रै सामाजिक सञ्जाल खोल्ने निर्णय भएको थियो ।

    पौडेलको निष्कर्षमा, सरकारले सुरुवातमै माफी माग्ने, क्षतिपूर्ति दिने, छानबिन समिति बनाउने र युवाको माग सम्बोधन गर्ने संवेदनशीलता देखाएको भए परिस्थिती भयावह बन्ने थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images