images
images
  • देउवा–ओली बाहेकका शीर्ष नेता पार्टी गतिविधिमा सक्रिय

    काठमाडौं– २४ भदौको जेनजी आन्दोलनपछि सेनाको कडा सुरक्षा घेरामा रहेका शीर्ष नेतामध्ये केपी शर्मा ओली र शेरबहादुर देउवा बाहेक अधिकांश नेता सार्वजनिक जीवनमा फर्किन थालेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी कार्यालय अवलोकन गर्दै नयाँ भवन निर्माण गर्ने घोषणा गरेका छन् ।

    खुमलटारस्थित उनको निवास जलेर नष्ट भए पनि उनी नेताकार्यकर्तासँग भेटघाट र दैनिक गतिविधिमा सक्रिय भएका छन् ।

    त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आलोकनगरस्थित क्षतिग्रस्त कार्यालय पुगेका छन् र नेताकार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने डल्लुमा डेरा सरेर बसेका छन् र सामान्य दिनचर्यामा फर्किएका छन् ।

    एकीकृत समाजवादीका नेपाल सोमबारदेखि नै क्षतिग्रस्त नेताहरूको घर अवलोकन गरिरहेका छन् ।

    पूर्वमन्त्रीहरू समेत सेनाको सुरक्षा घेराबाट बाहिरिएर आफ्नो कामकाजमा फर्किसकेका छन् ।

    यद्यपि एमाले अध्यक्ष ओली भने अझै सेनाको निगरानीमै छन् ।

    उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफू शिवपुरीमा रहेको बताएका थिए ।

    तर, सैनिक स्रोतले उनको अवस्थाबारे खुलाएको छैन ।

    उता, बुढानीलकण्ठ निवास आक्रमणमा घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई सेनाले उद्धार गरी उपचारपछि अझै सुरक्षा घेरामै राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images