images
images
  • काठमाडौं उपत्यकामा १२२ प्रहरी भवन ध्वस्त, १२१ गाडी कंकाल

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा उपत्यकामा ठूलो मात्रामा तोडफोड र आगजनी भएको छ ।

    उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार भदौ २४ मा भएको घटनामा प्रहरीका २१८ भवनमा क्षति पुगेको छ ।

    प्रहरीका १२२ वटा भवन पूर्ण रूपमा जलेका छन् भने ९६ युनिटमा आंशिक क्षति पुगेको खनालले जानकारी दिए ।

    यस्तै, काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका १२१ वटा प्रहरी गाडीमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

    तीमध्ये ११७ गाडी पूर्ण रूपमा जलेका छन् भने ४ गाडी आंशिक रूपमा मात्र क्षतिग्रस्त भएका छन् ।

    दुईपांग्रे सवारीसाधनमध्ये १५८ वटा जलाइएका छन् ।

    त्यसैगरी साइबर ब्यूरोका ४ वटा, उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा राखिएका सशस्त्र प्रहरीका ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा पनि आगजनी गरिएको छ ।

    रानीपोखरी परिसरमा जलेको अवस्थामा भेटिएको टोयोटा गाडी भने कसको हो भन्ने अहिलेसम्म प्रस्ट भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images