काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
दुई पक्षबीच देशका वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि विस्तृत छलफल भयो ।
सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकाज, वर्तमान अवस्था तथा बानेश्वरस्थित संघीय संसद् भवन र सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएका क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको भूमिका देशलाई शान्ति र स्थिरताको मार्गमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने बताएर वर्तमान राष्ट्रिय सङ्कटको समाधानका लागि सबैले सहकार्य गर्नु आवश्यक रहेकोमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्























