काठमाडौंं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘जेन्जी’ आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीबाट क्षतिग्रस्त आफ्नो पार्टी कार्यालय र एमाले नेताहरूका निवास निरीक्षण गरेका छन् ।
सोमबार (भदौ ३०) पहिलोपल्ट सार्वजनिक रुपमा निस्केका नेपाल पार्टी केन्द्रीय कार्यालय आलोकनगर, एमाले महासचिव शंकर पोखरेलको निवास, उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर, निवर्तमान शिक्षामन्त्री रघुजी पन्त र नेता अग्नि खरेलको निवास पुगे ।
उनले पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल, राजेन्द्र पाण्डे, प्रेम आले लगायतका क्षतिग्रस्त घर पनि निरीक्षण गरे ।
नेपालले काठमाडौंको तीनकुनेस्थित क्षतिग्रस्त कान्तिपुर टेलिभिजन कार्यालयको पनि अवलोकन गरेका छन् ।
उनले सबै घटनामा एउटै प्रकृतिको क्षति भएको र कारबाही हुनुपर्ने बताए ।
हाल उनी आफन्तको घरमा बसिरहेका छन् र वामपन्थी शक्तिलाई एकताबद्ध बनाउन विभिन्न नेतासँग संवादमा छन् ।























