images
images
  • प्रम कार्कीले सन्दुकलाई हारगुहार गर्दा पनि मानेनन् मन्त्री बन्न

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन् ।

    मंगलवार तिलगंगा आँखा प्रतिष्ठान पुगेकी प्रधानमन्त्री कार्कीले डा.रुइतलाई विशेष परिस्थितिमा बनेको आफ्नो नेतृत्वको सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।

    प्रधानमन्त्री कार्कीले सरकार सञ्चालनमा उनको भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रत्यक्ष रूपमा सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन् ।

    तर, जवाफमा डा. रुइतले सरकारले गर्ने काममा आफू सहयोगी बन्ने बताए पनि मन्त्रालय सम्हाल्ने हैसियतमा सरकारमा प्रवेश गर्न नसक्ने स्पष्ट पारे ।

    भेटपछि डा. रुइतले अस्पताल र बिरामीलाई छाडेर सरकारी पदमा जाने स्थिति नभएको बताए ।

    जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने सम्भावित नामको सूचीमा उनको नाम पनि चर्चामा आएको थियो ।

    तर, उनले चिकित्सकीय पेशामार्फत नागरिक सेवामा निरन्तर तल्लीन रहने पुनः स्पष्ट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images