images
images
  • ४ जना पूर्वप्रधानमन्त्री डेरा खोज्दै, सुरक्षा ग्यारेन्टी नभए सेनाको ब्यारेक नछाड्ने अडानमा ओली

    काठमाडौं– भदौ २४ पछि पूर्वप्रधानमन्त्रीसहित करिब सय नेता–मन्त्री र कर्मचारीलाई सेनाले विभिन्न ब्यारेकमा सुरक्षित राखेको थियो ।

    अधिकांश फर्किसके पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही नेता अझै ब्यारेकमै छन् ।

    ओलीलाई राजीनामापछि बालुवाटारबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरको ब्यारेकमा राखिएको छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईलाई पनि ब्यारेकमा लगिएको थियो ।

    तर, उनीहरू फर्किसकेका छन् ।

    कतिपय नेताको घरसमेत जलेको र सुरक्षा चुनौती रहेकोले अझै ब्यारेकबाट बाहिरिएका छैनन् ।

    २४ गते रातिदेखि सेना र प्रहरी उच्च सतर्कतामा छन् ।

    आन्दोलनका क्रममा प्रहरी गोली लागेर १९ जनाको मृत्यु भएपछि स्थिति झन् उग्र बनेको थियो ।

    त्यसपछि शीर्ष नेताहरूलाई सैनिक सुरक्षामा राखिएको हो ।

    यता कांग्रेस सभापति शेरबहादुर देउवा भने निवास छाड्न अस्वीकार गर्दा आन्दोलनकारी भीडले निवासमा तोडफोड गरी देउवा दम्पतीमाथि कुटपिटसमेत भयो ।

    सुरक्षाकर्मीले कठिन परिस्थितिमा उनीहरूलाई उद्धार गरी अस्पताल पु¥याएका छन् ।

    अहिले ओलीसहित केही नेता र परिवार सेनाको संरक्षणमा छन् भने अन्य धेरै नेता आफन्तकोमा वा नयाँ डेरामा बस्न थालेका छन् ।

    सेनाले सुरक्षाको चुनौती अझै टरेको छैन भन्दै सतर्कता कायम राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images