images
images
  • रवि दीपक मनाङ्गे र रिगल डन भन्दा फटाहा !

    काठमाडौं– जेन्जी आन्दोलन उत्कर्षमा पुगेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठ, डा. तोसिमा कार्की र असिम शाहले राजीनामा दिए ।

    त्यसलगत्तै सभापति रवि लामिछानेले जेलमै बसेर सबै सांसदलाई राजीनामा गर्न निर्देशन दिए ।

    कार्यालयमा भीड जम्मा भइसकेको र सभापतिको सन्देश आइसकेकाले पार्टीले सामूहिक राजीनामाको निर्णय सार्वजनिक ग¥यो ।

    तर, यो कदमलाई तत्काल आन्दोलनमा ऊर्जा थप्ने राजनीतिक अस्त्रका रूपमा मात्र व्याख्या गरिएको थियो ।

    २४ गते आन्दोलनकारीले शीतलनिवासदेखि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, मिडिया हाउस र व्यापारिक कम्प्लेक्ससम्म आगजनी र तोडफोड गरे ।

    नेताहरूका घरसमेत आक्रमणमा परे ।

    यहीँबीच रास्वपाका कार्यकर्ताले नख्खु कारागार घेराबन्दी गर्दै सहकारी प्रकरणमा थुनिएका सभापति लामिछानेलाई निकाले ।

    तर, यो कदम विवादास्पद बन्यो ।

    कानुन नमान्ने छवि बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना चर्कियो ।

    कतिपयले उनलाई दीपक मनाङ्गे र रिगल डनसँग तुलना गर्न थाले, जसले पार्टीको छवि थप कमजोर बनायो ।

    पार्टीको केन्द्रीय बैठकमा सुमना श्रेष्ठले संविधान खारेज र संसद् विघटनसहित नयाँ व्यवस्थाको प्रस्ताव गरिन् ।

    तर, हरि ढकाल र अन्य नेताहरूले त्यसको विरोध गर्दै लोकतन्त्र जोगाउनुपर्ने तर्क गरे ।

    बैठकमा संविधान, संसद् जोगाउने वा नयाँ व्यवस्थामा जाने भन्ने विषयमा तीव्र बहस भयो ।

    अन्ततः विवाद राष्ट्रपतिले संसद् विघटन नगरी संविधान कायम गर्ने निर्णय गरेपछि क्रमशः शान्त भयो ।

    नेताहरूका अनुसार, रास्वपा भित्रको असहमति सामान्य उतारचढाव हो र पार्टी गम्भीर संकटमा भने पुगेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images