images
images
  • माओवादी नेतृत्व हस्तान्तरणका लागि युवा नेताहरूको दबाब, टसमस छैनन् प्रचण्ड

    काठमाडौं– जेन्जी आन्दोलनपछिको राजनीतिक उथलपुथलले दलभित्र नेतृत्व पुस्तान्तरणको बहस सतहमा आएको छ ।

    विशेषगरी माओवादीभित्र तेस्रो पुस्ताले अब नेतृत्व लिनुपर्ने माग तीव्र बनेको छ ।

    केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनिल शर्मा, सुदर्शन बराल, रहबर अन्सारी, जनक बुढा, शालिकराम जम्मकट्टेल, हर्क नेम्वाङ, रन्जित तामाङ र रामदीप आचार्यलगायत नेताहरूले अब पार्टीमा नयाँ पुस्ता अगाडि आउनुपर्ने धारणा राखेका छन् ।

    उनीहरूको भनाइमा तेस्रो पुस्ता जनयुद्ध, शान्ति प्रक्रिया र जेन्जी पुस्तासँग संवाद गर्न सक्षम छ, तर नेतृत्वको आचरण, विचार र चरित्र सफा हुन जरुरी छ ।

    कसैले विधि–प्रक्रियाबाट सामूहिक नेतृत्वमा जानुपर्ने कुरा उठाएका छन् भने कसैले पुराना पुस्तालाई संरक्षक बनाएर नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन् ।

    केही नेताहरूले प्रशासनिक नेतृत्वलाई समेत चुनौती दिनुपर्ने तर्क गरे ।

    समग्रमा, माओवादीभित्र पहिलो–दोस्रो पुस्ताको भूमिकालाई कम गरेर तेस्रो पुस्ताले सक्रिय नेतृत्व लिनुपर्ने बहस व्यापक बनेको छ ।

    जबकि जेन्जी पुस्ताले पुराना नेतृत्व असफल भएको सन्देश दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images