images
images
  • ओलीकै नेतृत्वमा एमाले, कार्की सरकारले गरेको संसद् विघटनविरुद्ध आन्दोलन गर्ला ?

    काठमाडौं– जेन्जी आन्दोलनपछि नेकपा (एमाले) गम्भीर संकटमा छ तर तत्कालै अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिने छैन ।

    फागुन २३ गते प्रदर्शनकारीमाथि गोली चल्दा १९ जनाको मृत्यु भएपछि दबाबमा परेका प्रधानमन्त्री ओलीले अन्ततः राजीनामा दिनुप¥यो ।

    त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन् ।

    आन्दोलनकै क्रममा ओली र एमालेका केन्द्रीय कार्यालयसहित उनका घरसमेत ध्वस्त भएका छन् ।

    महासचिव शंकर पोखरेलले जुम बैठकमार्फत नेतृत्व परिवर्तनमा हतार नगर्ने बताउँदै पार्टीलाई क्रमशः पुनर्गठनतर्फ लैजाने संकेत दिएका छन् ।

    बैठकमा विद्या भण्डारीबारे कुनै छलफल भएन ।

    पोखरेलले अर्ली महाधिवेशनमार्फत मात्र नेतृत्वको टुंगो लाग्ने बताए ।

    उपमहासचिव प्रदीप ज्ञवालीले पनि अहिले नेतृत्व फेर्ने होइन, संगठन सम्हाल्ने समय भएको बताए ।

    उनले आन्दोलन अझै अर्को चरणमा प्रवेश गर्ने चेतावनी दिँदै फिनिक्स चराको उदाहरण दिए, ‘खरानीबाट पुनर्जन्म हुने चरा जस्तै एमाले पनि फेरि उठ्नेछ ।’

    प्रदेश अध्यक्ष कैलाश ढुंगेलले समेत तत्काल नेतृत्व परिवर्तन उचित नभएको बताउँदै पुनर्निर्माण र संगठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए ।

    यसबीच एमालेले आगामी चुनावको तयारी गर्ने संकेत गरेको छ ।

    च्यासलमा भएको भेलाले संसद् विघटनलाई लिएर प्रतिवाद नगरी, निर्वाचनमा सहभागी हुने निर्णय लिएको छ ।

    ओली गुमनाम रहँदा पनि एमालेले खरानीबाट उठ्ने विश्वास व्यक्त गर्दै पुनःस्थापनातर्फ ध्यान केन्द्रित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images