images
images
  • रास्वपाका २ जना संयोजक कारबाहीमा

    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी प्रदर्शनमा तोडफोडमा संलग्न दुई वडा संयोजकलाई निलम्बन गरेको छ ।

    भदौ २३ र २४ गते पोखरामा भएको आन्दोलनमा ८० भन्दा बढी संरचना सरकारी कार्यालयदेखि व्यक्तिगत घर, व्यवसायिक भवन, तरकारी मण्डी र वर्कशपसम्म ध्वस्त भएका थिए ।

    सो घटनामा संलग्न देखिएका पोखरा–१० का संयोजक चन्द्रबहादुर थापा र मादी–६ का संयोजक भोजराज पौडेललाई रास्वपाले पदबाट निलम्बन गरेको हो ।

    थापा पोखरा महानगर कार्यालय र मेयर धनराज आचार्यको घरमा आगजनीमा सहभागी भएको दृश्य सार्वजनिक भएको थियो ।

    पार्टी गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जेनजीको विरोध कार्यक्रममा पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको प्रमाण देखिएकाले अर्को निर्णय नहुन्जेलसम्म निलम्बन गरिएको छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images