काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचन रद्द गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने गरी मिति तोकिएको थियो ।
तर, राष्ट्रपतिको कार्यालयले २०८२ भदौ २७ गते प्रकाशित विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन गरी आगामी माघ २१ गते नयाँ निर्वाचन गर्ने घोषणा गरेपछि उक्त क्षेत्रको उपनिर्वाचन रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको ३० गतेको बैठकले रूपन्देही–३ उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय गरेको सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























