images
images
  • रवि फर्किए जेल, फर्किएनन् टोपबहादुर

    काठमाडौं– एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फेरि भागेका छन् ।

    जेन्जी आन्दोलनपछि उत्पन्न अराजक अवस्थाको मौका छोपेर उनले सुन्धरास्थित केन्द्रीय कारागार तोडेका हुन् ।

    यसअघि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भारत भागेका रायमाझी अन्ततः नेपाल फर्केर पक्राउ परेका थिए ।

    रायमाझीमाथि नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न रहेको गम्भीर आरोप छ ।

    बिचौलियाहरूको बयान, घरमा भेटिएका प्रमाण र उनका राजनीतिक पहुँचका कारण उनी मुद्दामा मुख्य प्रतिवादी बनेका थिए ।

    तर, उनले निरन्तर आफू निर्दोष रहेको दाबी गर्दै अदालतसम्म संघर्ष गरे पनि सफल भएनन् ।

    पहिलो पटक भाग्दा उनले ओली–प्रचण्डको राजनीतिक शक्ति आफ्नो पक्षमा लाग्ने आशा गरेका थिए ।

    तर, त्यो सफल भएन ।

    यसपटक भने उनले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै फेरि भागेका हुन् ।

    तर, बारम्बार भाग्ने उनको व्यवहारले नैतिक प्रश्न मात्र खडा गरेको छैन, उनीमाथि लागेको आरोपलाई पुष्टि गर्ने आधार पनि थपेको छ ।

    आफ्ना मतदाता र कार्यकर्ताले आशा गरेको सफा हुने र विकासमा फर्किने सम्भावना उनले आफ्नै कदमले कमजोर पारेका छन् ।

    अब उनले फेरि जनतामाझ जाने बाटो झन् साँघुरो बनाएका छन् ।

    त्यस्तै रास्वपा सभापति रवि लामिछाने पनि जेन्जी आन्दोलनकैबीच घर फर्केका थिए ।

    तर, उनी फर्किसकेका छन् ।

    रविमाथि सहकारी ठगी मुद्दामा जेलमा सजाय भोगिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images