काठमाडौं– भदौ २३ गते जेन्जी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिहरूका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठ बुँदे माग पेश गरेका छन् ।
पीडित परिवारले भदौ २९ गते पेश गरेको मागपत्रमा घटनामा शहादत भएका सबै मृतकलाई राष्ट्रिय सहिद घोषणा, भदौ २३ गतेलाई ‘जेनजी राष्ट्रिय दिवस’ घोषणा, मृतकको राजकीय सम्मानसहित अन्त्येष्टि, परिवारलाई क्षतिपूर्ति र आजीवन पेन्सन, शवयात्रा तथा श्रद्धाञ्जली सभा, गृहजिल्लामा हेलिकोप्टरबाट शव ढुवानी, परिवारका सबै सदस्यको शिक्षा–स्वास्थ्य–रोजगारी सुनिश्चित, र गोली हान्ने सुरक्षा निकायका जिम्मेवारहरूलाई तत्काल निलम्बनसहित कडा कारबाही गर्ने माग समावेश छन् ।
प्रधानमन्त्री कार्कीले भदौ ३० गते ती मागहरू आवश्यक कारबाही अघि बढाउन मुख्यसचिवलाई निर्देशन दिएकी छन्।
प्रतिक्रिया दिनुहोस्























