images
images
  • सन्दुक रुइतले मानेनन् मन्त्री बन्न (विज्ञप्तिसहित)

    काठमाडौं– चिकित्सक सन्दुक रुइतले राजनीतिमा संलग्न नहुने आफ्नो स्पष्ट दृष्टिकोण व्यक्त गरेका छन् ।

    जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा चलेको भए पनि उनले सोमबार जारी प्रेस विज्ञप्तिमार्फत् आफ्नो धारणा स्पष्ट पारेका हुन् ।

    रुइतले भनेका छन् कि लामो चिकित्सकीय यात्रामा साथ दिने नेपालीहरूको माया, सद्भाव र समर्थनले उनलाई अझ प्रेरित बनाएको छ र भविष्यमा पनि उनी यही सेवामा समर्पित रहनेछन् ।

    उनी भन्छन्, ‘हरेक राजनीतिक उतार–चढावपछि मलाई नेतृत्व वा कुनै पदमा रहने अनुरोध आउने गर्छ । तर, म प्रस्ट छु, मेरो कर्म भनेको नेपाली र विश्वभरका बिरामीहरूको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो ।’

    साथै उनले जोड दिएका छन् कि सबैले आफ्ना पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लाग्नुपर्दछ भने देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्ने छैन ।

    यसअघि नै रुइतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा नजाने स्पष्ट पारिसकेका छन् ।

    यद्यपि उनलाई विभिन्न माध्यमबाट मन्त्री बन्न आग्रह गरिरहेको उनले बताउँदै आएका थिए ।

    123 1757923394

    प्रतिक्रिया दिनुहोस्
    images
    images