काठमाडौं– नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुरक्षासहितका कुनै सुविधा नलिने निर्णय गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले आफ्नो तलब सहिद परिवारको नाममा सञ्चालित कोषमा जम्मा गरिने जानकारी दिएका छन् ।
साथै मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय पनि गरेका छन् ।
उनले आफूलाई माननीय नभन्न समेत अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























