images
images
  • प्रम कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक आह्वान

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तीन जना नयाँ मन्त्री नियुक्त गरेपछि आज मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी छन् ।

    बैठक दिउँसो ४ बजे सिंहदरबारमा हुने तय भएको छ ।

    बैठकअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले एजेन्डासँग सम्बन्धित गृहकार्य गर्नेछन् ।

    यसैबीच, आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए ।

    शपथपछि रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला, र कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयसँगै सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images