काठमाडौं– नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणसँगै मन्त्री घिसिङले केही महत्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेका छन् ।
सबैभन्दा पहिलो निर्णयका रूपमा उनले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन् ।
त्यस्तै, उनले खादा, माला वा अबिर जस्ता सम्मानका सामग्रीहरू नलिने स्पष्ट घोषणा समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























