काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल सोमबार विस्तार हुँदै रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले शपथ लिए ।
प्रधानमन्त्रीको शपथमा अनुपस्थित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल भने मन्त्रीहरूको शपथमा सहभागी भए ।
तर, प्रतिनिधिसभा सभामुख देवराज घिमिरे दुवै शपथ कार्यक्रममा देखिएनन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उपस्थित थिए ।
हाल प्रतिनिधिसभा विघटन भइसकेको छ ।
राष्ट्रिय सभा निरन्तर चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























