images
images
  • नवनियुक्त ३ मन्त्रीद्वारा शपथग्रहण

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् गठन भएको छ । आइतबार राति नै उक्त परिषद् गठन भएको बालुवाटार स्रोतले बताएको छ ।

    जसअन्तर्गत ओमप्रकाश अर्यालले गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    त्यस्तै उर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा कुलमान घिसिङले शपथ लिएका छन् ।

    डा.रामेश्वर खनालले भने अर्थमन्त्रीको शपथग्रहण गरेका हुन् ।

    श्पथग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत उपस्थित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images