images
images
  • हप्ता दिनपछि शैय्याबाट उठ्दै देउवा पति–पत्नी

    काठमाडौं– भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित घरभित्रै पसेर कुटपिट गरे ।

    भिडिओहरूमा प्रदर्शनकारीहरूले कोठामै पुगेर देउवा दम्पतीलाई लछारपछार गर्दै आँगनसम्म पु¥याई थप आक्रमण गरेको देखिन्छ ।

    सुरक्षाकर्मी र स्वकीय सचिवले रोक्न खोज्दा पनि सफल भएनन् ।

    आक्रमणमा देउवाको गर्धन र ढाडमा, आरजुको अनुहार र शरिरमा गम्भीर चोट लागेको स्रोतहरूले बताएका छन् ।

    केही प्रदर्शनकारीहरूले सहयोग गर्ने प्रयास गरे पनि एक युवाले आरजुलाई पछाडिबाट लात्ती हानेको दृश्यसमेत देखिन्छ ।

    त्यसबेला जेनजी आन्दोलनका क्रममा काठमाडौंमा १७ जनाको मृत्यु भएको भोलिपल्ट नेताहरूको घर र कार्यालयमा आगजनी भएको थियो ।

    देउवा दम्पतीलाई सुरक्षाकर्मीले काँडेतार नाघेर चौरमा पु¥याएपछि मात्र सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको हो ।

    हाल दुवैजना राजधानीकै एक गोप्य अस्पतालमा उपचाररत छन् ।

    स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अझै केही समय उपचारमा राखिने जनाइएको छ ।

    कांग्रेस नेताहरूले आक्रमणलाई अमानवीय र बरबर्तापूर्ण भन्दै निन्दा गरेका छन् ।

    ७९ वर्षका देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् भने आरजु ६३ वर्षकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images