काठमाडौं– गत सोमबार र मंगलबार भएको जेन–जीको आन्दोलनमा बाह्य घुसपैठ भएको खुलासा भएको छ ।
शान्तिपूर्ण प्रदर्शनको नाममा राजावादी, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसमेत संलग्न भई कांग्रेस–एमाले नेताहरूको घरमा आगजनी गरिएको खुलेको छ ।
यसै क्रममा रास्वपाका पनौती नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुर्दशन तिमल्सिना प्रत्यक्ष संलग्न रहेको प्रमाणसहित भिडियो सार्वजनिक भएपछि दुवैजनाले पद त्यागेका छन् ।
तिमल्सिना पनौती नगर कमिटीका सदस्य तथा स्थानीय बासिन्दा हुन् भने भट्टराई काठमाडौं विश्वविद्यालयअन्तर्गतको कुप्स विद्यालयमा ल्याब टेक्निसियनका रूपमा कार्यरत स्थायी शिक्षकसमेत हुन् ।
आचारसंहिताअनुसार शिक्षकले राजनीति गर्न नपाउने भए पनि उनी रास्वपाको नगर नेतृत्वमा सक्रिय थिए ।
भट्टराईको नेतृत्वमा आन्दोलनकारीहरूले आगजनी र तोडफोड गरेका भिडियोहरू अहिले भाइरल छन् ।
सोही क्रममा पूर्वनगर प्रमुख भीम न्यौपाने, कांग्रेस नेता शिवप्रसाद हुमागाईं, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा र अन्नपूर्ण मिडिया समूहका मालिक रामेश्वर थापाको घर र सम्पत्तिमा क्षति पु¥याइएको छ ।























