काठमाडौं– आफूलाई ‘जेनजी आन्दोलन’को नेतृत्वकर्ता बताउने हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग वाक्तिवाद चलेपछि हाताहात र धकेलाधकेलको स्थिति सिर्जना भएको हो ।
घटनास्थलमा तत्कालै प्रहरी पुगेको छ ।
प्रहरी र गुरुङका केही समर्थकहरूले उनलाई पत्रकार सम्मेलन भइरहेको हलकै कुनामा घेरेर राखेका छन् ।
प्रेसमिटको दौरानमा एक पत्रकारले सोधेको प्रश्नलाई लिएर विवाद सुरु भएको हो ।
‘पत्रकारले ७० वर्षका ‘बा’लाई हटाएर ७३ वर्षकी ‘आमा’लाई ल्याउँदा परिवर्तन के भयो ?’ भनेर प्रश्न गर्दा गुरुङ आक्रोशित भएका थिए ।
जवाफ फर्काउँदै उनले भनेका थिए– ‘८० वर्षको नेपाल परिवर्तन भएको छैन ? तपाईं के कुरा गर्नुहुन्छ ?’
प्रतिक्रिया दिनुहोस्























