images
images
  • रविको जेलमुक्त र नक्कली पत्र प्रकरणले पार्टीभित्र विवाद : नेताहरू फर्किए तीनतिर

    काठमाडौं– जेन्जी आन्दोलनको प्रभावले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थप संकटमा परेको छ ।

    विशेषतः नेतृ सुमना श्रेष्ठको पार्टी परित्यागले यो स्पष्ट भएको छ ।

    रास्वपाभित्र पहिलेदेखि नै वैचारिक मतभेद र सभापति रवि लामिछानेको विवादास्पद गतिविधिबाट असन्तोष बढिरहेको थियो ।

    जेन्जी आन्दोलनलाई आफ्नो पक्षमा तान्ने प्रयास लामिछाने पक्षले गरे पनि उल्टै आलोचना झेल्नुप¥यो ।

    लामिछानेको जेलमुक्ति शैली र नक्कली पत्र प्रकरणले पार्टीभित्रै ठूलो विवाद पैदा ग¥यो ।

    २४ भदौपछि जेन्जी आन्दोलनको स्टेक होल्डर भएको दाबी लामिछाने समूहले गरे पनि सुमना श्रेष्ठले यसलाई अस्वीकार गर्दै पार्टीप्रति प्रश्न उठाइन् ।

    उनी लगातार आन्दोलनलाई रास्वपा र दुर्गा प्रसाईंको प्रभावबाट टाढा राख्न सक्रिय थिइन् ।

    यहीँ बेला लामिछानेविरुद्ध बहिष्कार अभियान समेत चलेको थियो ।

    हाल रास्वपाभित्र तीन खाले धार देखिएका छन्, एक– संसद् विघटनको विरोधमा उभिएका, दोस्रो– समर्थन गर्ने र तेस्रो– स्पष्ट निर्णय लिन नसकेका ।

    संसद् विघटनपछि सुमनाले पार्टी छाडेकी छन् भने तोसिमा कार्कीले अझै निर्णय लिइसकेकी छैनन् ।

    यता सार्वजनिक सम्पत्ति तोडफोडमा रास्वपाका कार्यकर्ता संलग्न देखिनु र लामिछानेमाथि बढ्दो आलोचनाले पार्टीलाई थप कमजोर बनाइरहेको छ ।

    आगामी चुनावसम्म पार्टी एकढिक्का रहन्छ कि फुट्छ भन्ने चासो तीव्र बनेको छ ।

    548207381 24572244745721485 4866071273816083146 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images