images
images
  • कार्कीद्वयले रास्वपा छाड्दै, आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रविको सपनामा कुठाराघात

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

    उनले आइतबार सार्वजनिक गर्दै पार्टीमा सिद्धान्तभन्दा नेतातन्त्र हावी भएको कारण राजीनामा दिएको बताइन् ।

    शुक्रबार मात्र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिन शीतल निवास पुगेकी श्रेष्ठ कार्की क्याबिनेटमा समावेश हुने चर्चा भए पनि उनले स्पष्ट रुपमा नकारेकी थिइन् ।

    त्यसको भोलिपल्टै उनले पार्टी छाडेकी हुन् ।

    श्रेष्ठको राजीनामापछि सांसद डा.तोसिमा कार्की र केन्द्रीय सदस्य गणेश कार्कीले पनि पार्टी छोड्न सक्ने चर्चा चलेको छ ।

    दुवैजना हालैको जेन्जी आन्दोलनमा सक्रिय देखिएका थिए ।

    सांसद कार्की घाइते युवाको उपचारमा खटिएकी थिइन् भने गणेश कार्कीको आन्दोलनमा सहभागी तस्बिर सार्वजनिक भएको छ ।

    तर, उपचारको क्रममा कन्टेन्ट बनाएको भन्दै सांसद कार्की विवादमा परेकी थिइन् ।

    शिक्षामन्त्री बन्ने चर्चा चुलिँदै गर्दा श्रेष्ठले फेसबुकमार्फत आफू मन्त्री नबन्ने घोषणा गरेकी थिइन् ।

    आलोचना बढेपछि उनले मन्त्री बन्ने सम्भावना समेत टारेकी हुन् ।

    तर, रास्वपा भने सभापति रवि लामिछानेकै कारण छाडेको बताइन्छ ।

    पार्टीको सह–मामन्त्री पदबाट राजीनामा दिएयता उनले सचिवालय बैठकमा सहभागिता जनाएकी थिइनन् ।

    शनिबार बसेको सचिवालय बैठकमा पनि उनको अनुपस्थिती रहेको थियो ।

    बैठकमा मुख्यतया सभापति लामिछानेको नख्खु कारागार फर्कने विषयमा छलफल भए पनि असन्तुष्ट नेताहरूको सम्भावित राजीनामाबारे औपचारिक बहस भएको थिएन ।

    श्रेष्ठ, तोसिमा र गणेश तीनैजना काठमाडौं महानगर प्रमुख बालेन्द्र साहसँग नजिक मानिन्छन् ।

    पार्टीभित्रको असन्तुष्टि बढेसँगै अन्य नेताहरू पनि बाहिरिने सम्भावना रहेको संकेत देखिएको छ ।

    यसरी हेर्दा जेलमा रहेका पार्टी सभापति रवि लामिछानेको आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने सपना पूरा हुने सम्भावना कम देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images