images
images
  • ओलीलाई बाँचुञ्जेल नेतृत्वको मोह, दोस्रो र तेस्रो वरियताका नेताहरूको त्याग्नुपर्ने अडान

    काठमाडौं– जेन्जी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीको नेतृत्वमाथि प्रश्न बढ्दै गएको छ ।

    उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, कर्ण थापा, गोकुल बाँस्कोटा, उषाकिरण तिम्सेना लगायतका नेतादेखि जनवर्गीय संगठनसम्मले ओलीले जिम्मेवारी छाड्नुपर्ने आवाज उठाएका छन् ।

    कतिपय नेताले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले समेत जिम्मेवारी छोडी पार्टीलाई जेन्जीको भावनाअनुरूप पुनर्गठन गर्नुपर्ने माग गरेका छन् ।

    तिम्सेनाले सबैभन्दा पहिले अध्यक्ष ओलीले पद त्याग्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् ।

    महासचिव पोखरेलले परिस्थिति सामान्य भएपछि आत्मसमीक्षा र पुनर्गठन हुने संकेत दिएका छन् ।

    तर, ओलीनिकट नेताहरू भने विकल्प खोज्ने पक्षमा छैनन् ।

    सचिव योगेश भट्टराईले पार्टीलाई युवामुखी, जनमुखी र प्रगतिशील बनाउन नेतृत्व पुनर्गठन अनिवार्य भएको बताएका छन् ।

    संविधान खारेज गर्न नहुने उनको जोड छ ।

    त्यस्तै, स्थायी समिति सदस्य बिन्दा पाण्डे र पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि पार्टी नेतृत्व र कार्यशैलीमा संरचनागत सुधार अपरिहार्य भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images