काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आइतबार पदभार सम्हालिन् ।
पुरानो गृहमन्त्रालय परिसरमा आफ्नो कार्यालयमा कार्यभार ग्रहण गरेलगत्तै उनले सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै विषम परिस्थितिमा जिम्मेवारी लिएको र मुलुकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरे पनि सरकार गठनको खाका अझै तयार भएको छैन ।
कार्की निकट स्रोतका अनुसार केही सक्षम र इमान्दार व्यक्तिहरूको नाम प्रस्तावमा आएका छन्, तर टुंगो लागेको छैन ।
मन्त्रीमा ओमप्रकाश अर्याल, कुलमान घिसिङ, डा. जगदीश अग्रवाल लगायतका व्यक्तिहरूको चर्चा छ ।
सर्वोच्च अदालतबाट अवकाशप्राप्त केही न्यायाधीशहरूको नामसमेत चर्चा भए पनि सत्यता छैन ।
कतिपयले बजारमा आफ्ना नाम हल्लाउने प्रयास गरेका छन्, जुन असत्य हो ।
प्रतिक्रिया दिनुहोस्























