images
images
  • सुमनाले किन छोडिन् रास्वपा ? यस्तो छ कारण

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी छाड्ने घोषणा गरेकी छन् ।

    जेन–जी आन्दोलनपछि राजनीतिक परिवेश बदलिए पनि उनको असन्तुष्टि लामो समयदेखि थिइन् ।

    गत चैत १८ गते उनले सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

    जुन पार्टीले करिब दुई महिना पछि जेठ ९ गते स्वीकृत गर्यो ।

    उनले ‘एक व्यक्ति, एक पद’ नीतिको पक्षमा रहेर संसदीय भूमिकामा मात्र सक्रिय हुन चाहेको बताएकी थिइन् ।

    राजीनामामा उनले पार्टीभित्र आफ्नो कुरा सुन्न नपाइएको, महत्त्वपूर्ण निर्णय अरूबाटै थाहा पर्नुपर्ने, कार्यकारी निर्णयमा असर नपर्ने, पदाधिकारीसँगको सल्लाहबिना निर्णय हुने प्रवृत्ति, तथा

    पार्टीमा कर्मकाण्डी प्रक्रिया र डेलिभरी क्षमता कमजोर भएको जस्ता कारण उल्लेख गरेकी थिइन् ।

    संसदीय भूमिकामा ध्यान दिन नसक्ने अवस्था, सहकारी ठगीको छवि हटाउन नसक्नु र पार्टीमा आलोचना गर्नेहरू विरुद्ध मिडिया ट्रायल हुनु जस्ता मुद्दाहरूले पनि उनी असन्तुष्ट भएकी थिइन् ।

    सुमनाले पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि सांसदको भूमिका अझ प्रभावकारी ढंगले अघि बढाउने र एक व्यक्ति एक पद नीति अनुसार केन्द्रीय सदस्यबाहेक अन्य पदमा दाबेदारी नगर्ने घोषणा गरेकी छन् ।

    उनले अन्य दलका युवा नेताहरूलाई पनि आफ्नो नेतृत्व मूल्याङ्कन गर्न आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images