images
images
  • प्रधानमन्त्री कार्कीले भनिन्‌– ‘जेन्जी आन्दोलनकारी अपराधनी हुन्, सम्पत्ति खरानी पारे’

    काठमाडौं– जेन्जी आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीले नेपालका सम्पूर्ण अभिलेख र सम्पत्तिमा भएको क्षति अपराधिक कार्य भएको बताएकी छन् ।

    सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले प्रश्न गरिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली नागरिक कसरी भन्न सकिन्छ ?’

    उनले घटनालाई ‘प्लान वे’ अन्तर्गतको षड्यन्त्रसमेत हुन सक्ने आशंका व्यक्त गरिन् ।

    कार्कीले मृतकका परिवारलाई १० लाख दिने निर्णयसमेत लिइन् ।

    भदौ २४ गते देशका लागि अत्यावश्यक ‘मटियामेट’ पारिएको उनले बताइन् र अपराधीको पछाडि को छ भन्ने खोजबिन आवश्यक रहेको औंल्याइन् ।

    उनले भनिन्, ‘म सडकबाट जिम्मा मागेर आएको हुँ, सत्ताको रसास्वादनका लागि होइन ।’

    प्रधानमन्त्री कार्कीले आगामी ६ महिनामा चुनाव गराएर नयाँ मन्त्रीहरूलाई जिम्मेवारी सुम्पने अठोट व्यक्त गर्दै सुरक्षा र प्रशासनको साथ आवश्यक रहेको बताइन् ।

    उनले ०७२ सालको भूकम्पपछिका रेट्रोफिट गरिएको सिंहदरबारलाई नष्ट गरिएको उदाहरण दिँदै देशका महत्त्वपूर्ण सम्पत्ति र व्यक्तिगत सम्पत्तिमा भएको क्षति ठूलो चुनौती भएको उल्लेख गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images